राजधानीको विषयमा तात्यो बुटवल, टायरका धुवाँले मडारियो आकाश

Butawal
तस्बिरः विकास पराजुली
लोकपाटी न्यूज

बुटवल। प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको देउखुरी क्षेत्रमा कायम गर्न प्रदेश सभामा गरेको प्रस्तावको विरोधमा नेपाली काँग्रेस रुपन्देहीले आज (आइतबार) रुपन्देही बन्दको आह्वान गरेको छ। रुपन्देही बन्दको प्रभाव यस क्षेत्रमा बिहानैदेखि परेको छ।

सडकमा सार्वजनिक ठप्प छन्, भने निजी गाडी पनि चल्न सकेका छैनन्। स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका बावजुद् पनि प्रदर्शन भइरहेको छ। काँग्रेस, रुपन्देहीका संघसंस्थाहरुले बिहान ८ बजेदेखि बुटवलको राजमार्ग चौराहाबाट विरोध प्रदर्शन गरे। विरोध प्रदर्शन ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले बुटवल नै राजधानी उपयुक्त रहेको भन्दै सासंदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्