काठमाडौं, १३ पुस । लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार निधन भएको छ । ६६ वर्षीय लामिछानेको भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित आफ्नै निवासमा निधन भएको हो ।
उनी लामो समयदेखि अस्वस्थ थिए । भतिजा नवराज लामिछानेका अनुसार पछिल्लो समय उनको निमोनिया उनको उपचार चलिरहेको थियो ।
लामिछानेले ‘घास काट्ने खुर्केर आयो जोवान हुर्केर’, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर’जस्ता चर्चित गीत गाएका छन् ।



लाेकपाटी न्यूज