काठमाडौं । कुनै समय प्रत्येक नेपालीको मनमा छाउन सफल नायक हुन् महानायक राजेश हमाल । कुनै समय थियो चलचित्र चलाउनकै निम्ति भए पनि पोस्टरमा महानायकको तस्बिर राख्नुपथ्र्यो ।
उनलाई सानो भए पनि भूमिका दिनैपथ्र्यो । उनले चलचित्रमा बोलेका सम्वादहरु बच्चादेखि वृद्धसम्मको मुख–मुखमा झुण्डिने गथ्र्यो । कतिपयले महानायक राजेश हमाललाई हालसम्म पनि भारतका सुपरस्टार अमिताभ बच्चनँसग तुलना गर्ने गर्दछन् ।
हमाल आफ्नो शरीरलाई स्वस्थ राख्न र आफूलाई सधैँ युवा देखाउनका लागि निकै मेहेनत गर्ने कलाकारमध्येका एक हुन् । सुन्दा अचम्म लाग्न सक्छ महानायक हमालले आफूलाई स्वस्थ राख्नकै लागि झण्डै १६ वर्षसम्म भातसमेत खाएनन् । अहिले पनि उनी भात निकै कम खाने गर्छन् ।
भातमा कार्बोहाइड्रेट्सको मात्रा ज्यादा हुने र त्यसले तौलमा उतारचढाव हुने भएकोले अत्यन्तै न्यून खाने गरेको उनले बताउने गरेका छन् । खाना धेरै खाएको खण्डमा पेट ठूलो हुने र आफूलाई ठूलो पेट नसुहाउने भएकाले खानामा कहिले पनि जोड नदिएको उनले बताउने गरेका छन् ।
पहिले–पहिले उनी धूमपानसमेत गर्ने गर्थे । तर, बिस्तारै उनले आफूलाई धूमपानबाट टाढा बनाए । उनीसँग सम्बन्ध भएका साथी तथा आफन्तहरुलाई पनि धूमपानबाट टाढा रहन सुझाव दिन्छन् ।




लाेकपाटी न्यूज

