काठमाडौं । इन्टरनेटले संसारलाई नै डिजिटल युगमा रुपान्तरण गरिदिएको छ । विभिन्न क्षेत्र तथा व्यवसायमा मात्र नभएर सर्वसाधारण मानिसलाई पनि इन्टरनेटको आवश्यकता परिरहेको हुन्छ । आजभोलि प्रत्येक मानिसले आफ्नो घर-घरमा इन्टरनेट जोड्ने गरेका छन् ।
इन्टरनेट प्रयोगकर्ताहरु घरमा वाइफाइ जोडेर आफ्ना सम्पूर्ण काम इन्टरनेटमै गरिरहेका हुन्छन् । यस्तो अवस्थामा इन्टरनेटको स्पिड कम हुने र काममा बाधा आउने जस्ता समस्या देखिन्छन् । इन्टरने स्लो हुनु अहिलेको मुख्य समस्या बनेको छ । यी समस्यालाई कम गर्ने केही उपायहरु तल दिइएका छन् ।
१. राउटरलाई सहि स्थानमा राख्नुहोस्
वाईफाईको स्पिड बढाउन सबैभन्दा पहिले राउटरलाई सही स्थानमा राख्नु पर्दछ । राउटरको सहि स्थानान्तरणले नै वाईफाई स्पिड राम्रो आउँछ । वाईफाई सिग्नल आम्नी दिशात्मक काम गर्ने भएकाले राउटरलाई घरको बीचमा राख्दा राम्रो हुन्छ ।
राउटरलाई सधै आफ्नो आई लेवलको बराबर अथवा त्योभन्दा माथि राख्नु पर्दछ । जसले गर्दा घरको कुना-कुना सम्म राम्रो स्पिड आउँछ ।
२.रिपिटरको प्रयोग गर्नुहोस्
वाईफाईको रेन्ज रिपिटरका माध्यमबाट पनि बढाउन सकिन्छ । रिपिटरले राउटरबाट सर्जिर लिएर वाईफाईको कभरेज बढाउँछ । डब्लु पी एसका माध्यमबाट सजिलै रिपिटरसँग कनेक्सन बन्दछ । त्यसैले राउटरको डब्लु पी एस इनेबल गरेर रिपीटरको डब्लु पी एस बटन दबाउनु पर्दछ ।
३.गेष्ट नेटवर्क सेट गर्नुहोस्
कहिलेकाहिँ घरमा धेरै पाहुना आइरहेका हुन्छन् । उनीहरु वाईफाई पासवर्ड माग्न थाल्छन् । जसले गर्दा हाम्रो इन्टरनेट स्पिड कम हुन जान्छ । यस्तो अवस्थामा हामी हाम्रो राउटरमा गेष्ट नेटवर्क सेट गर्न सक्छौँ । राउटरको एडमिन सेटिङमा वायरलेस ट्याब हुन्छ जसमा हामी गेष्ट नेटवर्क सेट गर्न सक्छौँ । यस नेटवर्कलाई हामी कुनै नाम दिएर पासवर्ड राख्न सक्छौँ ।
यसपछि पाहुनाहरुले पासवर्ड माग्दा हामी उनीहरुलाई गेष्ट नेटवर्कको पासवर्ड दिन सक्छौँ । यसमा हामी राउटरबाट कनेक्ट हुने डिभाइसको संख्या पनि सेट गर्न सक्छौँ । कुनै डिभाइसमा धेरै डाटा खपत भयाे भने हामी त्यसलाई हटाउन या ब्लक गर्न सक्छौँ ।
४.यूएसबी पोट चेक गर्नुहोस्
राउटरको पोर्टमा भएको युएसबी पोट चेक गर्नुहोस् । यदि त्यसमा युएसबी पोट देखिँदै छ भने राउटरले वाईफाई सिग्नल प्रसारण गर्नुका साथै अरु काम पनि गर्न सक्छ । यसमा हामी एक्सटर्नल हार्ड ड्राइभ पनि कनेक्ट गर्न सक्छौँ ।
५. पासवर्ड परिवर्तन गरिरहनुहोस्
आफ्नो वाईफाई पासवर्ड बदल्नुस् किनभने लामो समयसम्म एउटै पासवर्ड राख्दा कोही साथी तथा छिमेकीलाई बताउँदा उनीहरुले सधैँ प्रयोग गरिरहेका हुन्छन् । यसले हाम्रो इन्टरनेट स्पिड कम हुनसक्छ ।



लाेकपाटी न्यूज

