कुनैपनि अतिवाद स्वीकार्य छैन : सिटौला

Krishna Prasad Sitaula
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं, १२ पुस । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूहरुलाई कुनै पनि अतिवाद स्वीकार्य नभएको बताएका छन् ।

बिहीबार राजधानीमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले मुलुकमा अहिले यतिखेर अनेक अतिवादीहरु सक्रिय हुन खोजेको उल्लेख गर्दै आफूहरूलाई कुनै पनि अतिवाद स्वीकार्य नहुने बताएका हुन् । नेता सिटौलाले वर्तमान सरकारले जनपअ‍ेक्षाअुनसार काम गर्न नसकेको र सबै सरकारी निकायमा हस्तक्षेप गरेको आरोप लगाउँदै यस परिस्थितिमा काँग्रेस जनतामाझ जानुपर्ने धारणा राखे ।

उनले धर्मका बारेमा काँग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता लिनुपर्ने बताए । उनले भने, ‘हाम्रै नेतृत्वमा संविधान जारी भएको संविधानमा धर्मका बारेमा जे छ त्यही हाम्रो धारणा हो ।’

हालै सम्पन्न पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उनले बैठकबाट पारित विधानअनुसार अब कि छिट्टै महाधिवेशनको तयारीमा जानुपर्ने कि अन्तरिम समयसम्मका लागि पार्टीका संरचना निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्