काठमाडौं, १२ पुस । बिहीबार सुनचाँदीको भाउ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा रु. सय रुपैयाँले बढेर रु. ५९ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५९ हजार २ सयमा किनबेच भइरहेको छ ।
चाँदी आज तोलामा रु. १० ले बढेर ७३५ ले कारोबार भइरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज
