समृद्ध नेपालका लागि माओका योगदान स्मरणीय छन् : प्रचण्ड

Prachanda chitwan
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले विश्व कम्युनिष्ट आन्दोलनका नेता एव. पूर्व चिनियाँ राष्ट्रपति माओत्सेतुङका योगदान समृद्ध नेपाल निर्माणका लागि स्मरणीय भएको बताएका छन् ।

माओ जयन्तीका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय छ ।’

प्रचण्डले माओ दिवसका अवसरमा संसारभरिका मुक्तिकामी जनतालाई शुभकामना व्यक्त गरेका छन् । यस्तो छ प्रचण्डको शुभकामना सन्देश ।

‘चिनियाँ नयाँ जनवादी क्रान्तिका महान् नेता कमरेड माओ–त्सेतुङको जन्म दिवसका अवसरमा संसारभरका मुक्तिकामी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाउनुभयो ।

माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय छ ।’

यो पनि पढ्नुस्

यी हुन् माओत्सेतुङका सार्वभौम योगदान

आज माओ जयन्ती : को हुन् माओत्सेतुङ (जीवनी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्