‘बिपी र पुष्पलाल धर्मप्रति निरपेक्ष हुनुहुन्थ्यो’ : प्रचण्ड

Prachanda chitwan
लाेकपाटी न्यूज

चितवन, १० पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले सबै धर्म, आस्था र नागरिकप्रति समान दृष्टिकोण राखेको बताएका छन् ।

मंगलबार नेकपाका नेता सूर्य सुवेदी ‘पथिक’की आमा धनकुमारी सुवेदीको श्रद्धाञ्जलीमा चितवनकोे फूलबारीमा आयोजित कार्यक्रममा बोल्दै राज्य जनताको कुनै पनि आस्थाप्रति निरपेक्ष रहनुपर्ने बताए । । संविधान बनाउँदा धैरैपटक बहसपछि धर्म निरपेक्ष राष्ट्र उल्लेख गरिएको प्रचण्डको भनाइ छ ।

आधुनिक लोकतन्त्रको पहलकदमी शुरु हुँदा नै राज्य निरपेक्ष रहेको उल्लेख गर्दे उनले नेपाली काँग्रेसका नेता बिपी कोइराला र कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ पनि जनताको आस्थाप्रति निरपेक्ष रहेको टिप्पणी गरे । ‘राज्यले सबै धर्मप्रति समान धारणा र सम्मान राख्नुपर्छ’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक अधिकारमा उल्लेख गरिएकाले अब जनताले शिक्षा, स्वास्थ्य र रोजगारी नपाए अदालत जाने अधिकार रहेको बताए । ‘हामीले संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा राखेका छौं । मौलिक हकमा धेरै अधिकार छन्’ प्रचण्डले भने, ‘हामी कानून बनाएर सबै हक कार्यान्वयन गर्दैछौं ।’

सो अवसरमा नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले वृद्धवृद्धा र वालवालिकाको सुरक्षाका लागि राज्यले छुट्टै नीति बनाउनुपर्ने बताए । नेपाली काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नेपाली कांग्रेसभित्र पनि धर्मका बारेमा व्यापक वहस भएपनि संविधानमा उल्लेख भएको विषयभन्दा बाहिर जान राज्य जान नमिल्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्