काठमाडौं, १० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले धर्म कसैको पेवा नभएको बताएका छन् ।
मंगलबार बनेपामा आयोजित एक कार्यक्रममा मन्त्री बाँस्कोटाले भने, ‘जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य छैन । धर्म कुनै व्यक्तिको पनि पेवा होइन ।’ धर्म निजी मामिला भएकाले यसमा कसैको हस्तक्षेप हुन नहुने उनको भनाइ थियो ।
उनले धर्म, जाति तथा भूगोलका आधारमा कसैलाई विभेद गर्न नपाइने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै भने, ‘कसैको धार्मिक आस्थामाथि विभेद गर्न पाइँदैन ।’
मन्त्री बाँस्कोटाले धर्म नैतिकताका आधारमा हुने उल्लेख गर्दै एकअर्को धर्मबीच लडाइँ गर्नुपर्ने कुनै कारण नभएको बताए ।



लाेकपाटी न्यूज

