नेपाल प्रहरी सवल, सक्षम र इमान्दार छ : आइजिपी खनाल

Sarbendra khanal
लाेकपाटी न्यूज

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध अनुसन्धान लगायत नीतिगत एवं प्रशासनिक गतिविधिमा उपलब्धीमूलक कार्य गर्न प्रहरी संगठन दृढ रहँदै आएको बताएका छन् । प्रहरी प्रधान कार्यालयद्वारा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पछिल्लो समय नेपाल प्रहरीबाट भएका समसायिक विषयमाथि प्रकाश पार्दै शान्ति सुरक्षामा प्रहरीको गतिशीलता, अपराध अनुसन्धानतर्फ भएका प्रगतिबारे जानकारी दिए । नेपाल प्रहरीका प्रशासनिक गतिविधि, तालिम कार्यक्रम, कार्वाही तथा पुरस्कार, नीतिगत कार्यहरु, संरचनागत कार्यहरु, वजेट तथा आर्थिक नियमितता, आर्थिक नियमितता तथा खरिद वन्दोवस्ती, भौतिक पूर्वाधार, द्विपक्षीय तथा वहुपक्षीय अन्तर्राष्ट्रिय समझदारी, अन्तर्राष्ट्रिय उपलब्धीबारे भएका पछिल्लो विवरण उनले प्रस्तुत गरे ।

हालै कार्यान्वयनमा ल्याइएको समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत भएका कार्यक्रम सञ्चालन, प्रहरी कारर्वाही, साझेदारिता, सामुदायिक गतिविधिहरु, मुद्दा दर्ता संख्याबारे तथ्यगत प्रस्तुतिकरण गर्दै प्रहरी महानिरीक्षक खनालले आर्थिक वर्ष २०७४–०७५ मा जवरजस्ती करणीमा पीडित र पीडकको नाताबारे विश्लेषणात्मक विवरण प्रस्तुत गरे ।

उक्त अवसरमा निर्मला हत्याकाण्ड र प्रहरी अनुसन्धान सम्बन्धी पत्रकारद्वारा राखिएको जिज्ञासा निरुपण गर्दै खनालले घटना अनुसन्धानमा नेपाल प्रहरीको इमानदार प्रयास रहेको बताए । अनुसन्धानमा विज्ञ समूह प्रयोग गर्ने लगायत सबै प्रयास जारी रहेको चर्चा गर्दै छिटो र सही अनुसन्धान होस् भन्ने चाहना पूरा गर्न सबैको सहयोग आवश्यक रहेकोतर्फ उनले जोड दिए ।

पत्रकार भेटघाट

नेपाल प्रहरीमा सम्पूर्ण साधान श्रोत आवश्यकताको आधारमा उपयोग हुने बताउँदै खनालले संगठनको नीति अनुरुप संगठन र नागरिकको हितमा मात्र उच्चतम प्रयोग हुँदै आएको उल्लेख गरे । कतिपय नियमसंगत कार्यको गतिविधि बाहिर आएका अनुसन्धानमा असर पर्ने भएकाले त्यस्ता समाचार सम्प्रेषणमा सजग भइदिन उनले आग्रह पनि गरे ।

संघीय प्रहरी ऐन सम्बन्धमा राखिएको जिज्ञासाबारे प्रहरी महानिरीक्षक खनालले प्रहरीले विगत ३ वर्षदेखि नै सहभागी हुँदै तहगत रुपमा समिति बनाई त्यसैको आधारमा सरकारमा सुझाव सिफारिस गरिएको बताए । संगठनलाई अझै गतिशील बनाउन हरेक काम परिस्कृत र परिमार्जन भइरहेको समेत उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्