सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. चौधरीलाई कोरोना संक्रमण

pic 4
लोकपाटी न्यूज

अस्मिना पाण्डे/बुटवल, ३१ साउन। शुक्रबार प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीलाई कोरोना पोजेटिभ देखिएको छ। कोरोनाविरुद्धको अभियानमा सक्रिय सहभागी डा. चौधरीले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन्।

डा .चौधरीले आफूलाई कोरोना संक्रमण भएकोले घरमै आईसोलेशनमा बसेका जानकारी दिए। संक्रमण पुष्टि भएपछि डा. चौधरीले स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र दुई हप्तासम्म सम्पर्क वाहिर रहेको बताएका छन्।

उनले लेखेका छन्, ‘यो अवधीमा कार्यप्रति मार्गदर्शन गर्ने, हौसला प्रदान गर्ने मेरा मान्यवरहरु, सहकर्मीहरु, साथी भाइ तथा आफन्तहरुमा हार्दिक धन्यबाद दिन चाहन्छु। सेवा प्रवाह गर्ने सवालमा यस बिचमा मेरो सम्पर्कमा आउने सम्पूर्ण व्यक्तित्वहरुले आफ्नो स्वास्थ्यको सुरक्षालाइ महत्व दिनु हुनेछ भन्नेमा म विश्वस्त छु। ’

चौधरीलाई संक्रमण देखिएपछि प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीको पीसीआर टेस्ट गरिएको थियोे। उनीहरुको रिपोर्ट नेगेटिभ आएको र अन्यको स्वाव संकलन गर्ने कार्य भैरहेको मन्त्रालयले जनाएको छ।  डा. चौधरीलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ।