बाँके। नेपाल–भारत सीमानाका जोडिएको बाँके जिल्लामा कोरोना संक्रमित थपिँदै गएपछि जारी निषेधाज्ञा चार दिन बढाइएको छ।
अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागू निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बाँके जिल्लास्तरीय कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को मंगलबार बसेको बैठकले २४ साउनसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। रासस



लोकपाटी न्यूज
