काठमाडौ, २७ असार। लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स र लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डसले काठमाडौंको आकाशेधारास्थित केयर बाल गृहलाई खाद्यान्न तथा सरसफाई सामग्री सहयोग गरेको छ।
क्लबले शनिबार एक कार्यक्रमको आयोजना गरी सो बालगृहलाई जिरो वेष्ट अन्तर्गत झाडु, कुचो, हर्पिक, फिनेल, साबुन, सरप, डस्बिन लगायतका सरसफाइ सामग्री र हङ्गर रिलिफ अन्तर्गत चामल, दाल, चिनी, नुन, विस्कुट, चाउचाउ, जिरामसला लगायतका खाद्यान्न सामाग्री सहयोगस्वरुप हस्तान्तरण गरेको हो।
क्लबका अध्यक्ष लायन दिपक थापाको सभाध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अथितिको रुपमा डिस्ट्रीक कोर्डिनेटर (इभ्यालुएशन) लायन विनय बस्नेतको उपस्थिति रहेको थियो। त्यसै गरि विशेष अतिथिका रुपमा डेपुटी कोर्डिनेटर (जि एम टी) लायन महेश प्रसाद पोखरेल, एरिया चिफ लायन अमर ज्योती रन्जित, डिष्ट्रीक डिपार्टमेन्ट चिफ (लियो प्रोजेक्ट, युथ इमपावरमेन्ट र युथ सिम्पोसाइम लायन्स क्वइष्ट) लायन प्रकाश रायमाझी, युनाइटेड फ्रेन्ड्स्का चार्टर प्रेसिडेन्ट एवम् डिष्ट्रीक डिपार्टमेन्ट चिफ (जेरो वेस्ट )लायन यदुराज लामिछाने (आशिष), रिजन चेयर पर्सन लायन प्रदीप गुभाजु र एरिया सेक्रेटरि लायन शान्ती धामीको उपस्थिति रहेको थियो।
उक्त क्लवका सचिव लायन सुरेश धमलाले सञ्चालन गरेको सो कार्यक्रमको संयोजन क्लवका सहकोषाध्यक्ष लायन दिप्रश शाक्यले गरेका हुन्। कार्यक्रममा प्रथम उपाध्यक्ष लायन कृष्ण् प्रसाद पौडेल, मेम्बर सीप चेयर पर्शन लायन भगवती घिमिरे , सर्भिस चेयर पर्शन लायन वेदनाथ ढकाल, डिरेक्टर लायन सृष्टि बज्राचार्य र डिरेक्टर लायन एकराज शिवाकोटी पनि उपस्थिति रहेको थियो। त्यस्तै, लियो क्लवका तर्फबाट अध्यक्ष लियो स्मृती कुँवर, कोषाध्यक्ष लियो दीपा दाहाल, सदस्य लियो अमित भट्टराई लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, सहयोगी महिला जागरण मञ्चबाट अध्यक्ष राधा श्रेष्ठ, कोषाध्यक्ष कृष्णदेवी शाही र स्वास्थ्यकर्मी सरीता अधिकारिको उपस्थिति रहेको थियो। कार्यक्रममा विषेश सहयोगीको रुपमा इको विजनेश हाउस, गुण ग्रुप, अटो नेपाल, ह्यापन वेल र एस थ्री जि इलेक्ट्रोनिक्स रहेका छन्। यस्तो विषम परिस्थितिमा पनि सहयोग गरेको र युनाइटेड फ्रेन्डसको सामाजिक सेवा उत्कृष्ट रहँदै आएको कुरा प्रमुख अतिथि र विषेश अतिथिले कार्यक्रममा व्यक्त गरेका थिए।
केयर वालगृहको सन्चालक पुष्पा अधिकारीले लायन्स र लियो क्लवले गरेको सहयोगले नानीहरुको जिवनमा प्रत्यक्ष प्रभाव पर्ने कुरा बताइन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राहत नभएर कोशेली दिएको र नानीहरुको एक जिम्मेवार अभिभावक अथवा परिवारको सदस्यको भूमिका निर्वाह गरेको बताउँदै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै प्रती आभार प्रकट गरे। उनले लाययनवादको मुख्य उदेश्यलाई सधै आत्मसाथ गरि मानवीय सेवामा अविचलित भएर लाग्ने प्रतिज्ञासहित कार्यक्रमलाइ समापन गरेका थिए।




लोकपाटी न्यूज
