रुसमा कोरोनाविरुद्व लड्न १७ किसिमका भ्याक्सिनको विकास

Vaccination for measles at Moscow's No39 children's outpatient clinic
लोकपाटी न्यूज

एजेन्सी। रुसमा कोरोनाविरुद्व चार प्रकारका खोप उत्पादनको तयारी गरिरहेको छ। कोरोनाविरुद्व लड्न १७ किसिमका भ्याक्सिनको विकास गरिरहेकोे छ। रुसी मन्त्री मिखाइल मुराशकोले यसबारे जानकारी दिइसकेका छन्।

कुल १७ मध्ये प्रभावकारी मानिएको चारवटा भ्याक्सिनलाई प्रयोगमा ल्याउने विश्वास रुसी स्वास्थ्य मन्त्री मुराशकोले व्यक्त गरेका छन्। १७ मध्ये चारवटा भ्याक्सिनको उत्पादनमा जोड दिने समेत जनाइएको छ।

उक्त भ्याक्सिनलाई रुसमा प्रयोग गरिने रुसी स्वास्थ्य मन्त्रीले एक अन्तरवार्ता स्पष्ट पारेका छन्। कोरोना संक्रमित व्यक्तिका लागी रुस सरकारले इमजेन्सी हटलाइनको समेत व्यवस्था गरेको उनले बताए।