म्याग्दी, २६ असार। म्याग्दीमा बाढी र पहिरोमा पुरिएर अहिलेसम्म १० जनाको मृत्यु भएको भने १२ जना बेपत्ता रहेका छन्। बाढी पहिरोमा परेर मालिका गाउँपालिका ७, विममा ८ जना र धवलागिरी७, ताकममा दुई जनाको मृत्यु भएको म्याग्दीका प्रमूख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए।
ढकालका अनुसार धवलागिरी ६, मराङमा बाढी पहिरोमा परेर १२ जना बेपत्ता भएका छन्। मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति पुगेको र मृतकको पहिचान खुल्न बाँकी रहेको बताए।
अविरल वर्षापछि आएको बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलाको बेलिब्रिजमा क्षति पु¥याएको छ भने वस्ती जोखिममा परेको छ। यसबाट रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडा तथा अन्नपूर्ण गाउँपालिका र हिमालपारीको जिल्ला मुस्ताङसँगको यातायात नै टुटेको छ।



लोकपाटी न्यूज
