नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

Esthae samiti nekapa
लोकपाटी न्यूज

काठमाडौं, २६ असार। नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ। पार्टीभित्र विवाद उत्पन्न भएपछि स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ।

आजका लागि तय गरिएको बैठक आगामी साउन २ गते ११ बजेसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

स्थायी कमिटी बैठकमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन माग गरेपछि नेकपाभित्र विवाद चर्किएको थियो।

पार्टी विवाद समाधानका लागि शीर्ष नेताहरू लगातार छलफल चलिरहेको भए पनि टुंगोमा पुग्न सकेका छैनन्।यसअघि असार २२ गतेका लागि तय गरिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।