काठमाडौं, २५ असार। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको जानकारी दिए।
उपत्यकाका तीन जिल्लाभित्र मात्रै चल्ने गरी र जिल्लामा जिल्लाभित्र मात्रै चल्न दिने गरी सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय भएको खतिवडाले बताए। सरकारले लामो दूरीको सार्वजनिक यातायातका साधन चल्न नदिने निर्णय यथावत् राखेको उनले बताए।
सरकारले सार्बजनिक यातायात संचालन गर्दा सिट क्षमताको आधा मात्र यात्रु बोक्न पाउने र यो व्यवस्था कायम हुन्जेल तोकिएको भाडा दरमा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने समेत निर्णय गरेको छ। साथै यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने र सवारी साधनलाई अनिवार्य रुपमा संक्रमणमुक्त गराउनु पर्ने निर्णय सरकारले गरेको छ।सरकारले शुक्रबारदेखि नै घोषणलागू हुने प्रवक्ता खतिवडाले बताए।



लोकपाटी न्यूज
