काठमाडौं, २४ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चुलिएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीचको छलफल सकिएको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीचको बुधबारको छलफल बिना निष्कर्ष टुंगिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घण्टा भएको वार्तामा कुनै ठोस सहमति जुट्न सकेन।उनीहरुबीच बिहीबार फेरि वार्ता हुने बताइएको छ। पार्टीभित्रको विवाद मिलाउन दुई अध्यक्ष विगत तीन दिनदेखि निरन्तर संवादमा छन्।बहुमत स्थायी कमिटी सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट ओलीको राजीना मागे पनि ओली दुबै पदबाट राजीनामा नदिने अडानमा छन्।
ओलीसँगको वार्ताबारे प्रचण्डले ओली इतरका माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतलाई गर्ने गरिएको ‘ब्रिफिङ’ मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ भन्ने आफ्नो अडान यथावत् रहेको बताउदै आएका उनी निकट नेताले बताएका छन्। तर प्रधानमन्त्री ओलीनिकट स्रोतले भने दुई नेताबीच विषयमा कुनै प्रगति नभएको बताएका छन्।
मंसिर ४ गतेको सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजनमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले पार्टी सञ्चालन गर्ने सहमति थियो। तर उक्त सहमति विपरित ओली प्रस्तुत भएपछि प्रचण्ड पक्षको असन्तुष्टि बढेर दुवै पदबाट ओलीको राजीनामा माग गर्ने तहमा पुगेको हो।
त्यसमा खनाल र नेपालसहितका नेताले साथ दिएपछि ओली चर्को दबाबमा छन्। यस्तै पछिल्लो समय पार्टीमा अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर विवाद चुलिएसँगै यही असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटीको बैठक चार पटक स्थगित गरिएको छ।



लोकपाटी न्यूज

