काठमाडौं, २० असार। शनिबार साँझ प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा बोलाएको राज्यमन्त्रीसहितको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री ओली राष्ट्रपति निवासबाट फर्किएसँगै सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीले पार्टी एकता गम्भीर अवस्थामा पुगेको ब्रिफिङ गरे।
पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका ओलीले पार्टी फुट्न सक्ने संकेत गर्दै आफ्नो अनुकूलतामा आगामी बाटो छान्न सुझाव दिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। उनले आवश्यक परेमा सबैले मुख खोल्नुपर्ने र त्यसका लागि सोच्न समय दिन्छु भनेको ती मन्त्रीले जानकारी दिए। उनले मन्त्रीहरुलाई आफ्नो पोजिसन क्लियर गर्न भनेका आग्रह गरे।
प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, ‘क-कसलाई के ईच्छा छ निर्णय गर्न समय छ। अहिलेसम्म केही भइसकेको त छैन। तर अवस्था ठीक पनि छैन। आवश्यकता पर्यो भने मुख खोल्नुपर्ला।’ मन्त्री र राज्यमन्त्रीलाई बोलाएर परामर्श बैठक भनिएपनि प्रमले आफ्नो कुरा राखेपछि बैठक सकिएको थियो।
बैठकलगत्तै ओलीले आफूनिकट मन्त्रीसँग पनि परामर्श जारी राखेका छन्। उक्त परामर्श बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने सहभागी छैनन्। बैठकको केही समयमा मन्त्रीद्वय रामबहादुर थापा बादल र वर्षमान पुन अनन्त बाहिरिएका थिए ।



लोकपाटी न्यूज

