बझाङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु

pahiro pic
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

बझाङ, २० असार। बझाङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।मृत्यु हुनेमा एकै परिवारका ४२ वर्षीया राममतीदेवी जेथारा, उनकी १६ वर्षीया छोरी शान्ति जेथारा, उनका ११ वर्षीय छोरा प्रयाग जेथारा र सात वर्षीया छोरी अस्मिता जेथारा छन्।

उनीहरुको शव पहिरोले पुरिएको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ। त्यसैगरी, ८० वर्षीय दले जेथारा र १५ वर्षीय सन्तुको शव पनि पहिरोले पुरिएको अवस्थामा भेटिएको छ। पहिरोमा पुरिएका २० वर्षीय गिरिजा जेथारा बेपत्ता छन्। उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्