शनिबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal
लोकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेममा मधुरता छाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यसिद्धि हुने अवसर मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कृषी कार्यमा सफलता मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा उत्साहका साथै बोली विक्ने समयछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ जिम्मेवारी पाइएला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। अवसर गुम्न सक्ने र कार्य सम्पादनमा समस्या आउला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कामको थालनी हुनेछ। काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ। वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ। वित्तिय संस्थाबाट सहयोग मिल्नेछ। स्वादिष्ट भोजन पाईनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्