शुक्रबारको राशिफल : यी राशिका लागि शुभ छ

rasifal-5-2
लोकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। घरायसी विवाद बढ्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको र ताकेको कार्य पुरा होला। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला। आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। बोलीको प्रभाब बढ्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। पढाइ लेखाइमा प्रगति हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ। जोश,जाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोवार हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउने र जोश जाँगर बढ्नेछ। बन्धु–बान्धवबाट सहयोग मिल्नेछ। राजनैतिक कार्यमा सफलता पाईएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभ समाचार सुन्न पाइएला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) निर्णायक क्षमतामा कमी आउनेछ। स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मान प्रतिष्ठामा बृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नयाँ कामको थालनी होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्नेछ। बिनाप्रतिस्पर्धा फाइदा हुनेछ। पुनर्मिलनको योग रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। मनोरञ्जनमा सहभागीता भइएला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्