काठमाडौं, १७ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री ओलीले बुधबार ८ बजे मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन्।
कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीले आफूहरुलाई बुधबार बिहान ८ बजे बालुवाटार बोलाएको बताए। मन्त्री भुषालका अनुसार प्रधानमन्त्रीले छलफलका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन्।
मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि बुधबार बिहान प्रधानमन्त्री ओली राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार डाकेका हुन् ।
नौ सदस्यीय सचिवालयमा रहेका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित मंगलबार बोल्ने अन्य १२ स्थायी कमिटी सदस्यले पार्टी र सरकार दुवैबाट ओलीको राजीनामा मागेका हुन्।
उनीहरुले दुई तिहाइको सरकार भएर पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको र प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति आपत्तिजनक भएको बताएका थिए। उनीहरुले भारतले सरकार ढाल्न खोजीरहेको भन्ने भनाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग समेत गरेका थिए ।



लोकपाटी न्यूज

