काठमाडौं, १६ असार। काठमाडौंको आकाशलाई सलहले ढाकेको छ। मंगलबार ठूलो मात्रामा सलह काठमाडौं उपत्यकामा देखिएको हो।
काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सलहको ठूलो झुण्ड देखिएको थियो। सलह कीराको हुल काठमाडौं उपत्यका भित्रको जमिनमा बसि नसके पनि चराहरुको आक्रमण पछि केही भुईमा झरेका छन्।
तराई र पहाडका बिभिन्न जिल्लामा बालीमा क्षति पुर्याएको सलह हावाको वहावसंगै काठमाडौं प्रवेश गरेको बताइएको छ।



लोकपाटी न्यूज
