काठमाडौं, १६ असार। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन्। मन्त्री भट्टराईले आफू मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलवार छड्के निरीक्षण गरेका हुन्।
निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमूख रुद्रसिह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो सो बुझि कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
मन्त्री भट्टराईले कार्यालयको सरसफाई र कार्यालयको लेआउटमा ध्यान दिन समेत कर्मचारीहरुलाई आग्रह गरे। नेपाल सरकारको मन्त्री परिषदको निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमूखलाई निर्देशन दिएका हुन्। निरीक्षण पछि मन्त्री भट्टराईले पर्यटन मन्त्रालय मातहतमा रहेका सवै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने बताए।



लोकपाटी न्यूज

