सोमबारको राशिफल: कुन-कुन राशिका लागि शुभ छ ?

rasifal
लोकपाटी न्यूज

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) लाभ,हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ। नयाँ काममा हात हाल्ने समय छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा ) व्यापार व्यवसायमा लाभ हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। अचल सम्पत्तिको कारोबार बढ्नेछ। रोकिएका अधुरा कामहरु बन्नेछन।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) दाम्पत्य जीबन सुखमय रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। साथीभाईको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) रोजगारीको नयाँ अवसर मिल्नेछ। कूटनीतिक कार्यहरु सफल हुनेछन । अध्ययन अध्यापनमा सफलता मिल्नेछ। मन प्रसन्न रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) उत्साह र स्फूर्ति बढ्नेछ। सामाजिक कामहरु सफल हुनेछन। ठुला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) सोचेको आटेको काममा सफलता मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। साथीभाईसंग भेटघाटमा मन खुसि रहनेछ।

वृश्चिक  ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) धार्मिक र सामाजिक काममा मन जानेछ। व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ । मेहनत गरे कामहरु सफल हुनेछन।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज प्रेम जीवन सुखद् रहनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ। वैदेशिक कार्यहरू बन्नेछन। जागिरमा पदोन्नतिको योग रहेको छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) शत्रुहरु पराजित हुनेछन। धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन। बिछोडिएका मित्रसँग भेट हुनेछ। मनमा हर्ष बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्