बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु

CPN_meetinG-baluwatar_DOJBrs3rFV
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, १२ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टी र सरकारको काम कारवाहीको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न नेकपाको स्थायी कमिटीको बैठक बस्न लागेको हो।

स्थायी कमिटी बैठकका लागि नेकपाले सरकारको काम कारवाही, पार्टी कामको समीक्षा, अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), पश्चिम रुकुममा भएको जातीय नरसंहारको घटना लगायत ७ एजेण्डा तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु दोस्रो दिनको बैठकमा नेताहरुले बोल्ने क्रम शुरू भएको छ। बुधवार बिहान झण्डै साढे ११ बजेदेखि शुरू स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेका थिए ।