काठमाडौं, ८ असार। नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशका स्याङजा र नवलपरासी पूर्वमा गरी थप २० जना कोरोना संक्रमण भएको हो।
स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै प्रदेशका २ जिल्लाहरु स्याङजा १२ जना र नवलपरासी पूर्वमा ८ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमितमा २ जना महिला र १८ जना पुरुष रहेका छन्।
सबै कोरोना संक्रमित भारतबाट फर्किएकाहरु रहेको र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा राखीएको छ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ४० पुगेको छ। नेपालभर भने संक्रमितको संख्या ९ हजार ४६ पुगेको छ। नेपालमा हालसम्म २३ जनाको मृत्यु भएको छ।



लोकपाटी न्यूज

