नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि

corona doctor
लोकपाटी न्यूज

काठमाडौं, ६ असार। नेपालमा आज थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार ६०५ पुगेको जानकारी दिएका हुन्।

डा. गौतमका अनुसा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ जना पुरुष, सुनसरीका २ जना महिला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २ महिला र २२ पुरुष र सर्लाहीका एक महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नारायणी अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा बाराका ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका एकजना महिला, बाग्लुङका एक महिला र १३ पुरुष, बैतडीका १८ जना पुरुष, गुल्मीका २ महिला र १६ पुरुष, डडेल्धुराका ५ महिला र ७ पुरुष, डोटीका ९ महिला र ५२ पुरुष, कैलालीका एक पुरुष र काठमाडौंका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नवलपरासी पूर्वका ३ महिला र १४ जना पुरुष, नवलपरासी पश्चिमका १ जना पुरुष, पाल्पाका एकजना पुरष, रामेछापका एकमहिला र २ जना पुरुष, रौतहटका २ जना पुरुष, रुपन्देहीका एकजना पुरुष र सर्लाहीका ६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा धादिङकी एकजना महिला र ७ जना पुरुष, पाल्पाका एकजना महिला र १५ जना पुरुष र भक्तपुरका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पुर्वका ४ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका एक महिला र ४ जना पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कैलालीका २ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा बाग्लुङका ३ महिला र ३ पुरुष, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी पुर्वका ११ जना पुरुष र तनहुँका २३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै प्रादेशिक जनस्वासथ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका ४ जना महिला र १२ पुरुष, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २ महिला र १२ जना पुरुष, बर्दियाका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुम पश्चिमका एक पुरुष, दाङका २ महिला र २ पुरुष र प्युठानका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ८ हजार ६०५ पुगेको छ । कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी हालसम्म नेपालका ७४ जिल्लामा कोरोना संक्रमित भेटिएको पनि मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्