कालीगण्डकी नदीमा पानीको सतह उच्च विन्दुमा

flood
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

पर्वत, ६ असार। लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह उच्च विन्दुमा पुगेको छ। लगातारको वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाब बढेको हो। शनिबार हिमालपारीको जिल्ला मुस्ताङबाट म्याग्दी र पर्वत हुँदै बग्ने कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेको हो।

शुक्रबार रातिदेखि निरन्तरको वर्षासँगै आएको बाढीका कारण पानीको सतह ह्वात्तै बढेपछि कालीगण्डकी किनारका बस्तीहरु जोखिममा परेका छन्। पर्वतका जलजलास्थित वारीवेनी, वगरफाँट, लस्ती, खनियाघाट, मालढुंगा, अर्मादी, मोदीवेणी, तथा बागलुङको जैमिनिघाट र पर्वतकै इमिचौर र सेतीवेणी बजार कालीगण्डकीको वहावका कारण जोखिममा परेका छन्।

अहिलेसम्म कतै क्षति भने भएको छैन। तर, बहाब बढेका कारण सचेत हुन प्रशासनले आग्रह गरेको छ। त्यस्तै मोदीखोलाको बहाब पनि बढेको छ। बाढीका कारण जिल्लाका विभिन्न बस्तीहरु जोखिममा परेका छन्। वषाकै कारण पर्वतका विभिन्न सडकहरु समेत अवरुद्ध भएका छन्। मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्