राजाको शिरबाट श्रीपेच झार्यो प्रचण्डले
दरबार बाट नागार्जुन लघायो प्रचण्डले
श्री पाचका पाउमा मोहर चडाएर ढोग्ने
नेताहरूलाई बैतणि तार्यो प्रचण्डले
सबै जातका फुललाई फुल्ने अवसर दिई
देश विखण्डन हुनबाट टार्यो प्रचण्डले
नर्कको जीवन भोगिराखेको राजतन्त्र मा सबैलाई
बोल्ने अधिकार दिदै गणतन्त्र ल्यायो प्रचण्डले
देशनै बेचेर खाने अरु पार्टीका नेता जस्तो
एउटा पनि रास्ट्रधाति सम्झौता गरेन प्रचण्डले
उसकै एजेण्डामा देश चलिरहेको छ
बिरोधि भन्छन् नराम्ररी हार्यो प्रचण्डले
सबै दललाई एकै लहर पार्यो प्रचण्डले
मैले बुझ्न सकिन कसरी हार्यो प्रचण्डले



लोकपाटी न्यूज

