स्व. बलिउड अभिनेता सुशान्तकी भाउजूको पनि निधन

susanta sing rajput pic
लोकपाटी न्यूज

काठमाडौं, २ असार। केहीदिन पहिले संसार छोडेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी भाउनूको पनि निधन भएको छ। उनको मृत्यु भएको एक दिन बित्न नपाउँदै उनकी भाउजुको मृत्यु भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार सुशान्तको सुसाइड नोटले उनकी भाउजू स्तब्ध भएकी थिइन्। जसका कारण उनकी भाउजू सुधा देवीको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सुधा देवीको मृत्यु सुशान्तको शव दाहसंस्कार गर्न लाग्दा भएको थियो।

उनले देवरको मृत्यु भएपछि खान पिउन छोडिदिएकी थिइन्। उनका पति अमरेन्द्र सिंह्ले एक दैनिक पत्रिकासँगको कुराकानीमा सुधा पछिल्लो केहि दिन यता बिरामी रहेको बताएका छन् । त्यसमाथि देवरको मृत्युको खबरले उनी झनै थलिइन्।उनको स्वास्थ्य सोमवार बिहानदेखि झनै बिग्रिन थालेको अमरेन्द्रले बताए। उनले भने, ‘पहिला भाई गयो अब श्रीमती।’ एजेन्सी