प्रहरीद्धारा अवैध मालसमान बरामद

piccccc
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, १ असार। पश्चिम नवलपरासीको भारतीय सीमावर्ती क्षेत्रबाट प्रहरीले अवैध कपडा तथा हाडवेयरको समान वरामद गरेको छ।

सीमा प्रहरी चौकि महेशपुरबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट दुई लाख चौरासी हजार चौरासी रुपैयाँ बराबरको अवैध कपडा तथा हाडवेयरका समान वरामद गरेको हो।

प्रहरी गस्ती टोलिले सरावल गाउँपालीका वडा नम्वर ७ बुलन्दपुरबाट एक लाख पचास हजार आठ सयको लेडिज कुर्ताका कपडाहरु बरामद गरेको छ भने पाल्हीनन्दन गाँउपालीका वडा नम्वर २ गोपालपुरबाट एक लाख तेत्तिस हजार दुई सय चौरासी मूल्य वरावरको अबैध हाडवेरका समान वरामद गरेको हो।

प्रहरीले बरामद गरेका समान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्