काठमाडौं, ३२ जेठ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ। एमसिसीबारे छलफलका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको हो।
दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिए।
एमसिसीबारे छलफलका लागि नेकपाको सचिवालय बैठक बोलाएर स्थगित भएको यो दोस्रोपटक हो। यसअघि जेठ २७ गतेका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो।



लोकपाटी न्यूज

