क्वारेन्टाइनमै जन्मियो शिशु

sutkeri_aama pic
लोकपाटी न्यूज

प्युठान, ३१ जेठ। प्युठानको एक क्वारेन्टाइनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन्। नौवहिनी गाउँपालिका ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले शुक्रबार राति शिशुलाई जन्म दिएकी हुन्।

उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी परीक्षण गरिने जनाइएको छ। श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टाइनमा बसेकी सरस्वतीले शुक्रबार राति १ बजे क्वारेन्टाइनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्