प्लेकार्डसहित युवाहरु उत्रिए सडकमा

yuba biroha
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, २९ जेठ। पश्चिम नवलपरासीको सुनवल चोकमा स्वतन्त्र युवाहरुको समूहले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउदै सडकमा उत्रिएका छन्। अहिलेको समयलाई सम्हाल्न सरकार असफल भएको भन्दै प्लेकार्ड बोकेका युवाहरु सडकमा उत्रिएका हुन्।

पारदर्शी सरकार लोकतन्त्रको आधार, १० अर्बको हिसाब गर, सरकारको सरोकार कार्पेट होइन पिसिआर, १०० प्रतिशत पिसिआर, सेनेटाइज आओर गभरमेन्ट लगायतका प्लेकार्ड बोकेर युवाहरु सामूहिक रुपमा शान्तिपुर्वक सडकमा उत्रेका हुन्।

कोरोनाको पिसिआर गर्नुपर्ने, स्वास्थ्यकर्मीको पनि सुरक्षा गर्नुपर्ने, अनावश्यक खर्च गर्न नपाइनेमा जोड दिँदै सरकारको ध्यानाकर्षण गराएको युवा समूहले सुनवल चोकबाट साकुरा पथ हुँदै, नगरपालिकाको कार्यालय पुगी पुन चोकमा आएर कार्यक्रम समापन गरेका थिए।

पछिल्लो समयमा कोरोनाको सक्रंमण बढ्दै गइरहेको र परिक्षण एकदमै कम भैरहेको अवस्थामा यसको रोकथाम, नियन्त्रण र परिक्षणमा नेपाल सरकारले देखाएको खर्चको पारदर्शितामा प्रश्न उठिरहेको बेला पश्चिम नवलपरासीको सुनवल चोकमा स्वतन्त्र युवाहरुको समूहले पनि आवज बुलन्द गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्