नेकपा व्यास नगर कमिटीद्धारा गम्भिर ध्यानाकर्षण

jjj
लोकपाटी न्यूज

बि. बि श्रेष्ठ/ तनहुँ, २८ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीद्धारा जिल्लाको विकास निर्माण र समसामयिक विषयप्रति सजग गराउदै ध्यानाकर्षण पत्र बुझाएको छ। नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले व्यास नगरपालिकाका प्रमूख वैकुष्ठ न्यौपानेलाई व्यास नगरपालिका भित्र भएका वडाहरुमा योजना छनौट सम्वन्धमा गम्भिर ध्यानाकर्षण गरेको हो।

व्यास नगरपालिका अन्र्तगत पर्ने १४ वटा वडाभित्र जनस्तरमा विकास निर्माण र उत्पादन तथा समृद्धिसँग जोडिने गरी प्रतिफलमुलक अति आवश्यकीय योजनाका रुपमा भौतिक पूर्वाधार, बाटोघाटो, खानेपानी, कृषि, पर्यटन, खेलकुद र विविधतासँग जोडिएका योजनाहरु र आधुनिक शहरीकरणलाई व्यवस्थित गर्न र अगामी आर्थिक वर्षमा यस व्यास नगरपालिका वाट विशेष गरि प्राथमिकतामा पार्ने गरि वडाभित्रको विभिन्न योजनाहरुमा ध्यानाकर्षण गराईएको व्यास नगर कमिटीका सचिव रामचन्द्र सापकोटाले जानकारी दिए। नगरपालिका भित्रको विकास निर्माण सवैको दायित्व हो, यहि दायित्व वोध गरेर हामीले नगरप्रमूखलाई विकास निर्माणमा जनताप्रतिको जिम्मेवारीता वहन गर्न ध्यानाकर्षण गरेका हौ, हामीले नगरपालिका भित्रका सम्पुर्ण वडाहरुको योजनालाई प्राथमिकताका साथ पेश गरेका छौ, कमिटीका अध्यक्ष श्रीराम कार्कीले भने।

सोही अवसरमा ध्यानाकर्षण बुझदै व्यास नगरपालिका भित्रका सम्पुर्ण वडाहरुमा सवैको सहयोग र साथले नै विकास निर्माणको ढोका खोल्ने बताउनदै व्यास नगरपालिकाले वडामा भएको विकास निर्माण सँग सम्वन्धित रहेर नगरपालिकाको ध्यानाकर्षण गराउनु अत्यन्त सकारात्मक काम भएको हुदाँ सवै सँग मिलेर व्यास नगरपालिका अगाडि बढ्ने बताए। विकास निर्माणमा कुनै पनि राजनिती नहुने वताउनुभएको नगर प्रमुख न्यौपानेले व्यास नगरपालिकाको विकासको लागि आफू लागि परेको समेत बताए। विकास निर्माण सम्पूर्ण राजनैतिक दल र जनताको क्रियाशिलताले मात्र सफल हुने समेत उनले बताए।