काठमाडौं, २४ जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कारबाहीमा परेका छन्। विश्व चर्चित सामाजिक संजाल ट्वीटर र फेसबुकको कारवाहीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प परेका हुन्।
ट्रम्पले शुक्रबार जोर्ज फ्लोएडको सम्झनामा बनाइएको भिडियो ट्वीटर र फेसबुकमा अपलोड गरेका थिए। तर भिडियोमा कपिराइटको आरोप लागेपछि फेसबुक र ट्वीटरले उक्त भिडियो ट्रम्पको अकाउन्टबाट हटाइदिएको रोयटर्सले जनाएको छ।
विभिन्न स्थानका तस्बिरहरु जोडेर भिडियो बनाइएको थियो। रोयटर्सका अनुसार भिडियोमा ट्रम्पले जोर्ज फ्लोइडका बारेमा बोलेका थिए। तर विभिन्न तस्बिरहरु अनुमति बिनै अनाधिकृत रुपमा प्रयोग गरिएको भनेर उक्त सामग्रीमा कपिराइट लागेको थियो।
अफ्रिकी मुलका अमेरिकी नागरिक जोर्ज फ्लोएड गत महिना मिनिसोटाको मिनियापोलिसमा प्रहरीको नियन्त्रणमै रहेका क्रममा मारिएका थिए।



लोकपाटी न्यूज

