बस दुर्घटनामा रानाको मृत्यु, दुई घाइते

accident
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, २३ जेठ। पश्चिम नवलपरासीको सुनवलमा शुक्रबार बिहान बस र बोलेरो पिकअप एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शुक्रबार बिहान ६ बजेतिर सुनवल ७ ज्यामिरेमा बुटवल पूर्वतर्फ गइरहेको ना ७ ख ६९६३ नम्बरको बस र बुटवल तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च ३१२ नम्बरको पिकअप एक आपसमा ठोक्किदा बसका सहचालक सुर्खेत विरेन्द्रनगरका १७ वर्षीय विरेन्द्र रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भिर घाइते भएका रानाको उपचारका लागि परासी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिए। दुर्घटनामा बसका चालक सुर्खेत विरेन्द्रनगरका केशव श्रेष्ठ र पिकअपका चालक धुनुषा मिथिला ९ का कृष्ण बहादुर बुढा घाइते भएका छन्।

उनको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पश्चिम नवलपरासीमा बिहीबार साझ पाल्हीनन्दनमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्