काठमाडौं, २० जेठ। भारतको आसाम राज्यमा पहिरो जाँदा २० जनाको मृत्यु भएको छ। मंगलबार बिहानै पहिरोमा परेर अन्य ९ जना घाइते भएका टाइम्स अफ इन्डियाले जनाएको छ। आसामको करिमगन्ज जिल्लामा पहिरो गएको हो।
प्रहरीका अनुसार पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिमा पनि रहेका छन्।



लोकपाटी न्यूज

