गुल्मी, १८ जेठ। गुल्मीमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका गरेका छन्। गुल्मीको छत्रकोट गाउँपालिका ४ का ५६ वर्षका चन्द्रबहादुर परियारले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए।
शनिवार भारतबाट घर फर्केका परियारलाई स्थानीय आदर्श माध्यमिक विद्यालयको क्वरेन्टीनमा राखिएको थियो। शनिबार बेलुका शाौचालय जान क्वरेन्टीनबाट बाहिर निस्किएका उनी ढिलोसम्म नफर्केपछि खोज्दै जाने क्रममा क्वारेन्टीन नजिकै रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए। आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन।



लोकपाटी न्यूज
