दैलेख, १७ जेठ। क्वारेन्टाइनमा बसेका एक युवकको शनिबार बिहान मृत्यु भएको छ। दुल्लु नगरपालिका ७ मा रहेको विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका ११ का ३५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको हो।
उनी १२ दिनअघि भारतबाट आएका थिए। क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा दुई दिनअघि पठाइसकेको छ।



लोकपाटी न्यूज