प्रगतिशील, जनपक्षीय र समाजवाद उन्मुख बजेटः प्रचण्ड

Prachanda chitwan
लोकपाटी न्यूज

काठमाडौँ १५ जेठ। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले महामारीको परिस्थितिमा पनि जनतालाई राहत दिने गरी बजेट आएको बताएका छन्। आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत भएपछि संसद भवनमा प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले निम्‍न वर्गका समुदायलाई पनि बजेटले सम्बोधन गर्ने प्रयास गरेको दाहालले बताए।

उनले बजेटबाटआफु खुसी भएको प्रतिक्रिया दिए। ‘कोरोना महामारीको विषम परिस्थितिमा पनि निकै सन्तुलित, जनतालाई राहत दिने किसिमले, सिर्जनात्मक ढंगले, प्रगतिशिल, जनपक्षीय र समाजवाद उन्मुख बाटो पक्डिने गरी बजेट आयो, म खुसी छु,’ अध्यक्ष दाहालले भने, ‘सबै समुदाय त्यसमा पनि मुख्यतः निम्‍न वर्गका जनतालाई सम्बोधन गर्ने, राहत दिने प्रयास गरेको छ । त्यो सकारात्मक छ।’

दाहालले आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएको र त्यसबाट समस्या समाधान हुने पनि दाहालले बताए।सरकारले आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको ल्याएको छ । कुल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालू खर्च हुने छ। ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च हुने छ।