डडेलधुरा, १४ जेठ। डडेल्धुराको सदरमुकाममा रहेको रातो गुराँस रिर्सोटको बाथरुमामा मृत भेटिएकी युवतीसंग रहेका युवा रामदिन चौधरी प्रहरीमा कार्यरत रहेको खुलेको छ। बुधबार विहान करिब ७ बजेतिर ती युवतीका नाममा होटलमा कोठा बुक गरेपछि युवती होटलको कोठामा पुगेकी थिइन्। युवती होटलमा पुगेको १५ मिनेट पछि चौधरी युवतीको कोठामा पुगेका थिए।
अजयमेरु गाउपालिका २ चमडामा रहेको चमडा चौकीमा कार्यरत रामदिन चौधरीले सरकारी रातो रंगको मोटरसाईकल प्रयोग गरेका थिए। रिर्सोटका म्यानेजर विष्णु भट्टले मृतक युवतीले मेरो श्रीमान आउदै हुनुहुन्छ हामी फ्रेस भएर निस्कन्छौ भन्दै रिर्सोटको रुम बुक गरेको बताए।
मृतक युवतीका आफन्तहरुले भने युवतीले घरबाट आफ्ना सवै लुगा कपडा लिएर मंगलबार नै निस्केको बताएका छन्।
घटनाका सन्दर्भमा प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानले शबको पोर्टमार्टम गर्नु पर्ने र पिडित पक्षले किटानी जाहेरी दर्ता गरेपछि थप अनुसन्धान गरिने बताए। उनले भने ‘प्रमाणका आधारमा घटनामा संलग्न जो भए कानुनी कारवाहीको भागेदार हुन्छ।’



लोकपाटी न्यूज

