पर्वतमा नयाँ सिडियो शम्भुप्रशाद रेग्मी आउदै,नेपालको चितवनको सहायकमा सरुवा

लोकपाटी न्यूज

निर्मल पौडेल
पर्वत, जेठ १२ पर्वत जिल्लामा नयाँ प्रजिअको रुपमा गृह मन्त्रालयमा कार्यरत उपसचिब शम्भुराज रेग्मी आ आउने भएका छन् । पर्वतमा कार्यरत प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको सरुवा भएसंगै रेग्मी गृह जिल्ल पर्वत आउने भएका हुन्। रेग्मी पर्वतको फलेवास नगरपालिका ७ लिमिठानाका भएपनी हाल वसोवास काठमाण्डौमा रहेको छ।

रेग्मीले पर्वत जिल्ला लाई नजिक वाट बुझ्ने भएकोले जिल्लामा शान्ति सुरक्षा अमनचयन लगाएत अन्य विकास निर्माणका कामहरू सजिलैसँग गर्न सक्ने भएकोले पनि रेग्मीको सरुवा लाई पर्वत वासीहरुले महत्त्वका साथ हेर्ने सरोकारवालाको आकलन छ।जिल्लामा एक बर्ष देखि कार्यरत प्रजिअ नेपाल लाई चितवनको सहायक सिडिओमा सरुवा गरिएको छ। गृह मन्त्रालयले सोमबार ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ।

मन्त्रालयले पर्वत बाहेक बाँके, सप्तरी र जुम्लाका सिडिओको सरुवा गरेको हो। मन्त्रालय स्रोतका अनुसार स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेमा सरुवा भएको छ भने बाँकेका सिडिओ कुमार बहादुर खड्कालाई मन्त्रालयमा तानिएको छ। स्याङ्जामा कसलाई पठाउने भन्ने निर्णय भई सकेको छैन। सप्तरीमा गृह मन्त्रालयका सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ। सप्तरीका सिडिओ अध्यागमन अन्तर्गतको कार्यालयमा सरुवा गरिएको छ।

त्यस्तै जुम्लामा मन्त्रालयका उपसचिव भूपेन्द्र थापालाई सिडिओको जिम्मेवारी दिई पठाइएको छ भने जुम्लाकी सिडिओ दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सिडिओमा सरुवा गरेको मन्त्रालय स्रोतले प्रशासनलाई बतायो। केही दिन अघि मात्रै ५ जिल्लाका सिडिओको सरुवा गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्