रेडियो बुढीनन्दामा आगलागी

piccc
लोकपाटी न्यूज

राजेन्द्र विक/ बाजुरा, १२जेठ। जिल्लाको उत्तरी क्षेत्र कोल्टिमा सञ्चालित रेडियो बुढीनन्दामा आगलागी भएको छ। शनिबार राती १२ बजे रेडियोको कार्यालयमा आगलागी हुँदा सम्पुर्ण सामान जलेर नष्ट भएको छ।

बिजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको रेडियोका प्रबन्ध निर्देशक अनिल शाहीले जानकारी दिए। आगलागीबाट २५ लाख बराबरको क्षति हुनुका साथैसँगैको घरको सामान समेत जलेर नष्ट भएको शाहीले बताए। उक्त रेडियो सञ्चालनमा आएको ३ वर्ष मात्रै पुगेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्