चितवन, १२ जेठ। हावाहुरीका कारण चितवनमा १ जना र नवलपुरमा २ जनाको ज्यान गएको छ । हिजो साझ आएको हावाहुरीले ढालेको रुखले च्यापिएर चितवन एक जनाको मृत्यु भएको हो। भरतपुर महानगरपालिका–१, आँपटारी स्थित देवघाट जाने बाटोमा हावाहुरीले ढालेको सालको रुखले च्याप्दा ना ३ त ३४२३ नम्बरको ट्याक्टर मुनी ओत लागेर बसेका भरतपुर महानगरपालिका १२ बस्ने २९ बर्षिय राम बहादुर विकको मृत्यु भएको हो। उनको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
रुखले च्पाप्दा अन्य चार जना घाईते भएका छन् । घाइते हुनेहरुमा भरतपुर १२ कै ३४ बर्षिय सुरेश बि।क, ३६ बर्षिय दीपक कुमाल, ३१ बर्षिय प्रदिप शर्मा र चालक २६ बर्षिय शम्भु खड्का रहेका छन् । उनिहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनिहरु सडक सडक मर्मत गरिहरेको अवस्थामा पानीसंगै हावाहुरी आएपछि ट्याक्टर मुनी ओत लागेर बसेका थिए । त्यसैगरी हावाहुरीका कारण नवलपुरको गैंडाकोटमा कुखुराको खोर भत्किएर २ जनाको मृत्यु भएको छ । कुखुरालाई दाना दिदै गर्दा हावाहुरी र पानी परेको र सोही बेला खोर भत्किएर गैंडाकोट ८ का ३५ बर्षिय काशीराम पौडेल र ४० बर्षका सुर्यबहादुर भण्डारीको घटना स्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय, गैंडाकोटले जनाएको छ।



लोकपाटी न्यूज