घरमै बसेर चाडपर्व मनाउन प्रधानमन्त्रीको आग्रह

KP-Sharma-Oli
लोकपाटी न्यूज

काठमाडौं, १२ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर चाडपर्व मनाउन आग्रह गरेका छन्। ईदको अवसरमा सोमबार शुभकामना सन्देश व्यक्त गर्दै उनले भनेका छन्- ‘विश्वव्यापी महामारीको प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै ईदुल फित्र मनाउन आग्रह गर्दछु।‘

विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस क्षेत्र (नेपाल) मा सम्मानित र संरक्षित भएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ। ‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधिनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भावना र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो’, उनले भनेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्