महाकाली सन्धि राष्ट्रियतामा गम्भीर त्रुटी हाे : परराष्ट्रमन्त्री ज्ञवाली

pradip gyawali pic
लोकपाटी न्यूज

काठमाडौं, ११ जेठ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महाकालीको मुहान निर्धारण नगरी महाकाली सन्धि गरिनु त्यो बेलाको गम्भीर त्रुटी भएको बताएका छन्। उनले महाकाली सन्धीमा त्रुटी भएको स्वीकार गरे।

आइतबार नागरिक दैनिकका सम्पादक गुणराज लुईटेलसँगको अन्तरवार्तामा उनले महाकाली सन्धि गर्दाखेरिको गम्भीर गल्तीलाई स्वीकार्दै भनेका छन्,‘निश्चय नै महाकालीको मुहान निर्धारण नगरी महाकाली सन्धि गरिनु त्यो बेलाको गम्भीर त्रुटी हो।’

उनले अन्तरवार्ताको क्रममा भनेका छन्‘ ‘एकीकृत महाकाली सन्धिमा महाकालीलाई सीमा नदी मानेर विद्युत् परियोजना मात्र होइन, पानी बाँडफाँटको कुरा पनि गरिएको छ। जब पानी बाँडफाँटको कुरा आउँछ, त्यसको मुहानको कुरा पनि आउँछ।

त्यहाँ कसले कति योगदान गरेको छ भन्ने विषय पनि एउटा विन्दुमा पुगेर छलफल गर्नुपर्ने हुन्छ। यस्ता विषयमा त्यतिबेला टुंगो लगाउनुपथ्र्यो र त्यो गर्न पनि सकिन्थ्यो। अलिकति त्यहाँ कमी भएको देखिन्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्