बुटवलको कोरोना अस्पतालबाट निको हुनेको संख्या ११ पुग्यो, मूख्यमन्त्रीले दिए बधाई

butwal corona kaxe pic
लोकपाटी न्यूज

अस्मिना पाण्डे/ बुटवल,१० जेठ। बुटवलको धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका १० जना निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमण बढी देखिएको प्रदेश हो ५ नम्बर प्रदेश। यहाँ पछिल्लो समय कोरोना जित्नेहरु घर फर्किएका हुन्।

शनिबार बुटवलको कोरोना विशेष अस्पतालबाट एकै साथ १० जना संक्रमित निको भएर घर फर्किएका छन्।
निको भएका उनीहरू सबै कपिलवस्तुका हुन। प्रदेशमा भारतबाट लुुकिछिपी आएकामा संक्रमण बढी देखिएको छ। दुई साता अघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा डा. सुुदर्शन थापाले जानकारी दिए।

निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनको भनाइ छ। धागो कारखानको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए।

यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेका छन्।शुक्रबार बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार २१ जना कोरोना निको भएर घर फर्किएका थिए। यो सङ्गै प्रदेशमा कोरोना भाइरस जित्नेहरुको संख्या ३२ पुगेको छ। कोरोनाका कारण बाकेका एक युवा र गुल्मीका शिक्षक सहित २ जनाको मृत्यु भएको छ।

रुपन्देही , कपिलवस्तु लगाएतका जिल्लामा कोरोना संक्रमण फैलिन थालेपछि धागो कारखानामा २ सय बेड थप गरिदै छ। त्यस्तै बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमीमा पनि ५० बेडको आइसोलेन सेन्टर स्थापना गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुबेदीले बताए।

कोरोना जित्नेलाइ मुख्यमन्त्रीको बधाई

यसैबिच प्रदेश ५ का मुख्य मन्त्री शकर पोखरेलले कोरोना जित्नेहरुलाई सामाजिक संजाल मार्फत बधाई ब्यक्त गरेका छ्न। उनले भनेका छन्,‘वुटवलको धागो कारखानामा रहेको प्रदेशस्तरिय कोराना विशेष अस्पतालवाट आज १० जना कोरोना भाइरस जितेर विदा हुनु भएको छ। बधाई स्वास्थालाभ गर्नुहुने सबैलाई। अनि बधाई छ उपचारमा संलग्न चिकित्सक, स्वास्थकर्मी र व्यवस्थापक र अन्य सहयोगी सबैलाई।

प्रदेशमा कोरोना भाइसर जित्नेहरुको कुल संख्या ३२ पुगेको छ। यस अघि यसै अस्पतालवाट १ जना र वाँकेको खजुरामा अवस्थित प्रदेशस्तरिय कोरोना विशेष अस्पतालवाट २१ जना स्वास्थलाभ गरी घर फर्किएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्